मंगलबार, भदौ ९, २०८३

काठमाडौं प्रवेश गरेपछि होम क्वारेन्टिन अनिवार्य

गृह मन्त्रालयले विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा प्रवेश गर्नेलाई अनिवार्य रुपमा १४ दिन ‘होम क्वारेन्टिन’ मा राख्न निर्देशन दिएको छ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

काठमाडौं- गृह मन्त्रालयले विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुलाई अनिवार्य रुपमा १४ दिन ‘होम क्वारेन्टिन’ मा राख्न निर्देशन दिएको छ।

दैनिक एक हजारको हाराहारीमा काठमाडौं बाहिरबाट मानिसहरु आइरहेको र उनीहरु काठमाडौं आएपछि घरबेटीले कोरोना परीक्षणका लागि दबाब दिने गरेको भन्दै गृहमन्त्रालयले क्वारेन्टिनमा बसेर लक्षणको आधारमा मात्र परीक्षण गर्न निर्देशन दिएको हो।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गर्दै मन्त्रालयले घरबेटीले कोरोना परीक्षणको दबाब दिएपछि शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भिड बढेको भन्दै यस्तो निर्देशन दिएको हो।

साथै मन्त्रालयले यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको ‘नेशनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ बमोजिम कारवाही गर्न निर्देशन दिएको छ।

प्रकाशित: Jun 23, 2020| 19:09 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।