मंगलबार, भदौ ९, २०८३

प्रदेश १ : कोरोना रोकथाममा १९ करोड सकियो

प्रदेश सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा १९ करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

विराटनगर– प्रदेश सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा १९ करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ। प्रदेश जनसुरक्षा कोषमा जम्मा भएको रकमबाट सो खर्च गरिएको सरकारले बताएको छ।

खर्च सार्वजनिक गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सोमबारको प्रदेश सभा वैठक अवरुद्ध पारेपछि प्रदेश सरकारले मंगलबार खर्च विवरण प्रदेश सभा बैठकमा सार्वजनिक गरेको हो।

प्रदेश १ सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभा बैठकमा खर्च विवरण सार्वजनिक गरे। जनसुरक्षा कोषमा ९ करोड ६९ लाख रुपैयाँ मौज्दात रहेको उनको भनाइ छ। प्रदेश जनसुरक्षा कोषमा हालसम्म २९ करोड ५१ लाख ७३ हजार रुपैयाँ रकम संकलन भएको छ।

कोरोना जनसुरक्षा कोषमा भएको रकम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत ५० लाख १ सय १५, भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत २ करोड, आन्तरिक मामिलामार्फत १५ करोड ३४ लाख र सामाजिक विकास मन्त्रालयमार्फत २ करोड ४८ लाख ७१ हजार रुपैयाँ खर्च भएको मन्त्री कार्कीले बताए।

सरकारको नियमित बजेटबाट ३ करोड ३० लाख र संघीय सरकारबाट ३ करोड ३० लाख रुपैयाँ प्राप्त भएको उनले बताए।

प्रदेश सरकारले क्वारेन्टिन निर्माण तथा व्यवस्थापन, होल्डिङ एरिया निर्माण, कोभिड अस्पताल तथा सीमामा होल्डिङ एरिया व्यवस्थापनमा रकम खर्च गरेको जनाएको छ । जिल्ला समन्वय समितिहरूलाई अनुगमनका लागि सहयोग, स्वास्थ्य सामग्री ढुवानी व्यवस्थापन लगायतका शीर्षकमा पनि कोषको रकम खर्च गरिएको कार्कीले स्पष्ट पारे।

 

प्रकाशित: Jun 23, 2020| 19:05 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।