मंगलबार, भदौ ९, २०८३

करेन्ट लागेर दुई जनाको मृत्यु

नवलपुरको विनयीत्रिवेणी गाउँपालिकामा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

कावासाेती- नवलपुरको विनयीत्रिवेणी गाउँपालिकामा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी मोहनबहादुर खाँणका अनुसार विनयीत्रिवेणी गाउँपालिका–३, सर्दीस्थित खोरण्डे खोलामा लु२ख ४७४४ नम्बरका टिपर धुने क्रममा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो।

मृत्यु हुनेमा चालक स्याङ्जा चापाकोट नगरपालिका–६, बस्ने ३२ वर्षीय भरत थापा र नवलपुरको विनयीत्रिवेणी–५ धुरकोट देवराली बस्ने सहचालक १७ वर्षीय आशिष विक छन्।

यस्तै सोही खोलामा नुहाइरहेका लु२ख ४४४८ नम्बरको टिपर चालक उपमहानरपालिका–१७ बस्ने ४५ वर्षका कृष्णबहादुर पाण्डेसमेत करेन्ट लागेर घाइते भएका छन्।

दुवै शव परीक्षणका लागि दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको र अवस्था सामान्य रहेकाे खाँणले जानकारी दिए।-रासस

प्रकाशित: Jun 23, 2020| 18:50 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।