मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापनका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापनका लागि आर्थिक सहयोग

 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकका हेटौंडा र टाँडी शाखाले क्रमशः मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न. ११ मा अवस्थित आनन्द भैरव आधारभूत विद्यालयमा र चितवनको इच्छाकामना गाउँपालिका वडा न. ७ मा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीहरुको लागि शुद्ध पिउने पानी व्यवस्थापनका लागि क्रमश. रु. एक लाख ५० हजार र रु. एक लाख ६५ हजार गरी जम्मा रु. तीन लाख १५ हजारको आर्थिक सहयोग प्रदान गरेका छन् ।

बैंकको हेटौंडा शाखामा सम्पन्न कार्यक्रमका बीच बैंकका शाखा प्रबन्धक शम्भुप्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष ईन्द्रप्रसाद नेपाललाई रु. एक लाख ५० हजार रकमको चेक हस्तान्तरण गरेका थिए।

त्यसैगरी रोयल सेन्चुरी होटलमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक श्याम बाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष अशेष भण्डारीलाई रु. एक लाख ६५ हजार रकमको चेक हस्तान्तरण गरेका थिए । उल्लेखित कार्यक्रमहरुमा बैंक तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

प्रकाशित: Jun 23, 2020| 18:32 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्