आइतबार, चैत १५, २०८२

पतञ्जलिले ल्यायो कोरोना भाइरसको ट्याब्लेट दिव्य कोरोनिल

भारतीय आयुर्वेद संस्था पतञ्जलिले कोभिड १९ को औषधि बजारमा ल्याएको छ। दिव्य कोरोनिल ट्याब्लेट नाम दिइएको यो आयुर्वेद औषधि मंगलबार सार्वजनिक गरिएको हो।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

भारतीय आयुर्वेद संस्था पतञ्जलिले कोभिड १९ को औषधि बजारमा ल्याएको छ। दिव्य कोरोनिल ट्याब्लेट नाम दिइएको यो आयुर्वेद औषधि मंगलबार सार्वजनिक गरिएको हो।

National life

यो औषधि पतञ्जलिको अनुसन्धान संस्थान र जयपुरस्थित नेसनल इन्स्टिच्युट अफ मेडिकल साइन्सले संयुक्त रुपमा तयार पारेका हुन्।

रामदेवले मंगलबार हरिद्वारस्थित पतञ्जलि योगपीठमा कोरोनिललाई सार्वजनिक गर्दै भने, 'मानिसले हाम्रो अनुसन्धानबारे राखेको हरेक जिज्ञासाका हामीसँग जबाफ छ। यो औषधि तयार गर्ने क्रममा हामीले सबै वैज्ञानिक नियमको पालना गरेका छौं।'

हरेक कुरा प्रमाणित भएपछि नै कोरोनिललाई प्रयोगमा ल्याएको उनको भनाइ छ।

परीक्षण प्रयोगमा दिल्लीसहित विभिन्न सहरा २८० संक्रमितलाई सहभागी गराइएको थियो। यो औषधि सेवन गरेपछि मृत्युको प्रतिशत शून्य रहेको दाबी पतञ्जलिले गरेको छ।

Laxmi sunrise bank
kumari

रामदेवका अनुसार कोरोनिलको तीन दिन प्रयोग गर्दा निको हुने प्रतिशत ६९ थियो भने एक सातासम्म गर्दा शतप्रतिशत संक्रमित निको भएका छन्।

पतञ्जलिका निर्देशक बालकृष्णले दिव्य कोरोनिल ट्याब्लेटमा अश्वगन्धा, तुलसी, गुर्जो, आणविक तेललागयतका जडिबुटीको मिश्रण गरी तयार पारिएको बताए।

औषधि दिनमा दुई पटक साँझ र बिहान सेवन गर्नुपर्छ। पतञ्जलिका अनुसार दिव्य कोरोनिल ट्याब्लेटमा रहेको गुर्जोले कोरोना संक्रमणबाट बचाउँछ।

अश्वगन्धाले कोरोना भाइरस शरीरको स्वस्थ कोषमा प्रवेश गर्न रोक्छ। तुलसीले कोरोना भाइरसको आरएनएमाथि आक्रमण गर्छ र संक्रमण हुन जोगाउँछ।

यसको उत्पादन हरिद्वारस्थित दिव्य फार्मेसी र पतञ्जलि आयुर्वेद लिमिटेडले गरिरहेको छ।

प्रकाशित: Jun 23, 2020| 17:55 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्