मंगलबार, भदौ ९, २०८३

प्रदेश १ मा २० जना कोरोना संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा मंगलबार २० जना कोरोना संक्रमित थपिएका छन् । १० महिला र १० पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

विराटनगर– प्रदेश १ मा मंगलबार २० जना कोरोना संक्रमित थपिएका छन् । १० महिला र १० पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २, झापामा १४, सुनसरीमा ३ र ओखलढुंगामा १ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगर र सुन्दरहरैचामा १–१ जनामा संक्रमण देखिएको छ । झापाको मेचीनगर नगरपालिकामा ३, बुद्धशान्तिमा ६, हल्दीबारीमा २, कचनकवलमा १ र विर्तामोडमा २ जना रहेका छन् ।

त्यसैगरि सुनसरीको धरानमा २, कोशी गाउँपालिकामा १ र ओखलढुंगामा १ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिए ।

प्रदेश १ मा २० जना थपिएसँगै संक्रमितको संख्या ४ सय ८३ पुगेको छ ।

 

प्रकाशित: Jun 23, 2020| 17:37 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।