NadaNada
शनिबार, भदौ ७, २०८२

बेलायती संसद्‌द्वारा चिनियाँ राजदूतमाथि प्रतिबन्ध

बेलायतको संसद्ले चिनियाँ राजदूतमाथि प्रतिबन्ध लगाएको छ। अल पार्टी ग्रुप अन चाइनाले बुधबार आयोजना गरेको 'कमन रिसेप्सन' मा पनि राजदूत झेङ जेगुआङ सहभागी हुन नपाउने भएका छन्।
 |  बुधबार, भदौ ३०, २०७८
nespernesper

बीबीसी

बीबीसी

बुधबार, भदौ ३०, २०७८

vianetvianet

लन्डन- बेलायतको संसद्ले चिनियाँ राजदूतमाथि प्रतिबन्ध लगाएको छ। अल पार्टी ग्रुप अन चाइनाले बुधबार आयोजना गरेको 'कमन रिसेप्सन' मा पनि राजदूत झेङ जेगुआङ सहभागी हुन नपाउने भएका छन्। 

बेलायतको यस कदलाई चिनियाँ दूतावासले 'घृणित र कायर' निर्णय भएको जनाएको छ। यस निर्णयले दुबै मुलुकको आपसी हितलाई हानी गर्नेसमेत दूतावासले जनाएको छ। 

दुई मुलुकबीचको तनाव बढ्दै गएको समयमा राजदूतमाथि प्रतिबन्ध लगाइएको डेलि टेलिग्राफले जनाएको छ। गत मार्चमा चीनले पाँच बेलायती सांसद् र अन्य दुई जनामाथि चीनको विषयमा भ्रम फैलाएको आरोप लगाउँदै प्रतिबन्ध लागु गरेको थियो। 

त्यसको बदलामा बेलायतले सिन्जियाङमा मानवअधिकार उल्लंघन गरेको भन्दै चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाएको हो। यसका बाबजुद् चिनियाँ संसदीय समूहले राजदूत झेङलाई कार्यक्रममा निम्ता दिने अथवा नदिने भन्‍ने विषयमा निर्णय गरिसकेको छैन। 

गत साता चीनले प्रतिबन्ध लगाएका पाँचजना सांसद्हरु सर लियान डनक्यान-स्मिथ, टम टुजेनहाट, नुसरत घानी, निल ओ'बार्यन र टिम लोउग्टनले बेलायती सभामुखलाई एक पत्र लेख्दै यस विषयमा आवश्यक निर्णय लिन आग्रह गरेका थिए। 

Metro Mart

उनीहरुले पाँच सांसद्‌माथि चीनले लगाएको प्रतिबन्ध केवल सांसद्‌हरुमाथि मात्र नभएर सिंगो संसद्, सबै सांसद्‌हरु, संसदीय समिति र संसदीय अधिकारमाथिको प्रतिबन्ध भएका कारण आवश्यक निर्णय लिनुपर्ने भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए। 

प्रकाशित: Sep 15, 2021| 15:24 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।