मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंक र एफवान सफ्टबीच क्विक भुक्तानी प्लेटफर्म प्रयोग गर्ने सम्झौता

सिद्धार्थ बैंक र एफवान सफ्टबीच क्विक भुक्तानी प्लेटफर्म प्रयोग गर्ने सम्झौता

 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

सिद्धार्थ बैंक र एफवान सफ्ट इन्टरनेशनल प्रालिबीच ‘क्विक भुक्तानी’ प्लेटफर्म प्रयोग गर्ने सम्बन्धी सम्झौता भएको छ। बैंकले इन्भ्वाइस डिस्काउन्टिङ सेवाका लागि सो प्लेटफर्म प्रयोग गर्नका लागि सो सम्झौता भएको हो ।
क्विक भुक्तानी’ नामक अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्म युके एड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो।

सम्झौता अनुसार सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरुलाई यो प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउने छ। एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्नेछ बैंकले जनाएको छ ।

‘क्विक भुक्तानी’ यस्तो अनलाइन प्लाटफर्म हो जसले विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता (सप्लायर) हरु, ती सामान तथा सेवा किन्ने क्रेता कम्पनीहरू र ती कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउँदछ,’ एफ्वान सफ्टद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

यो प्लाटफर्म प्रयोग गरी, आपूर्ति गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँदछ।

प्रकाशित: Jun 23, 2020| 16:05 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्