मंगलबार, भदौ ९, २०८३

सुर्खेतमा कोरोना संक्रमित पुरुषको मृत्यु

सुर्खेतमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

सुर्खेत- सुर्खेतमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रदेश अस्पतालको आइसीयूमा उपचाररत दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए।

उनी लामो समयदेखि क्षय रोगबाट ग्रसित थिए। उनको अवस्था गम्भीर भएकाले सिधैं आईसीयूमा राखेर उपचार गरिए पनि मंगलबार मृत्यु भएको डा. पौडेलले बताए।

असार ४ गते उनको कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै कर्णालीमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या पाँच पुगेको छ।

प्रकाशित: Jun 23, 2020| 15:09 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।