शनिबार, फागुन ३०, २०८२

भारतमा ७१ लाख जनाको कोरोना परीक्षण

भारतमा हालसम्म ७१ लाख मानिसको कोरोना परीक्षण गरिएको छ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

काठमाडौं- भारतमा हालसम्म ७१ लाख मानिसको कोरोना परीक्षण गरिएको छ।

National life

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च सेन्टर (आईसीएमआर) ले सोमबार (२२ जुन) सम्म ७१ लाख ३७ हजार ७१६ जनाको कोरोना परीक्षण गरिएको जनाएको हो।

सोमबार एकै दिन १ लाख ८७ हजार २२३ जनाको स्याम्पल परीक्षण गरिएको छ।

आईसीएमआरका अनुसार देशभर ९५३ प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति दिइएको छ।

जसमा ६९९ सरकारी र २५४ निजी प्रयोगशाला छन्।

Laxmi sunrise bank
kumari

भारतमा हालसम्म ४ लाख ४० हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमा सोमबार मात्रै १४ हजार ९९३ जनामा कोरोना संक्रमण देखिएको थियो भने ३१२ जनाको मृत्यु भएको थियो।

हालसम्म मृत्यु हुनेको संख्या १४ हजार भन्दा बढी छ।

प्रकाशित: Jun 23, 2020| 14:42 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।