मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकार कोरोना रोकथाममा बेसार थेरापी देखाएर फजुल खर्च गर्दै : मिनेन्द्र रिजाल

सरकार कोरोना रोकथाममा बेसार थेरापी देखाएर फजुल खर्च गर्दै : मिनेन्द्र रिजाल

कोरोनाको कहरमा फागुनदेखि रोकिएको थियो। असार ३ देखि नेपाल प्रहरीले यो प्रक्रिया अगाडि बढाएको भन्ने समाचार आएको छ। माननीय गृहमन्त्री के यो साँचो हो?'
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

काठमाडौं- नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्रीका लागि फोर जी सुरक्षा सर्भिलेन्ससहितको पाँच करोड मूल्यको गाडी खरिद प्रक्रिया फजुल खर्च गर्ने तयारीसहित आएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा रिजालले भने, 'कोरोनाको कहरमा फागुनदेखि रोकिएको थियो। असार ३ देखि नेपाल प्रहरीले यो प्रक्रिया अगाडि बढाएको भन्ने समाचार आएको छ। माननीय गृहमन्त्री के यो साँचो हो?'

उनले कोरोना रोकथाममा बेसार थेरापीको अलौकिक सफलतातर्फ ध्यान आकर्षण गराउँदै फजुल खर्च गर्ने लागिएको बताए। उनले भने, 'कोरोना रोकथाममा बेसार थेरापीको अलौकिक सफलताको उद्घोष पत्याएर बजेट खर्च गर्ने ठाउँ नपाइएला भन्ने डरले उल्फाको धनझैं फजुल खर्च गर्ने सरकारी तयारी हो यो? जबाफ पाऊँ।'

रिजालले उत्तरको छिमेकको दलको नेपालमा सत्तारुढ दललाई आन्तरिक प्रशिक्षण दिने, आन्तरिक झगडा र सत्ता सन्तुलन मिलाउनेमा लाग्ने काम अपाच्य रहेको बताए।

चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुले केही दिनअघि राजधानीमा नेकपाका नेताहरुलाई प्रशिक्षण दिएको भन्दै उनले आपत्ति प्रकट गरेका हुन्।

उनले भने, 'उत्तरको छिमेकको दलको नेपालमा सत्तारुढ दललाई आन्तरिक प्रशिक्षण दिने, आन्तरिक झगडा र सत्ता सन्तुलन मिलाउनेमा लाग्ने काम उत्तिकै अपाच्य छ। यसमा सत्तारुढ दलको ध्यान जाओस्।'

रिजालले छिमेकी भारत र चीनसँग हाम्रो सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै भने, 'हाम्रो र छिमेकका सरकारका द्विपक्षीय कूटनीतिक सम्बन्धको संवेदनशीलता जनताबीचको सौहार्दताको सीमा पर्वाह नगरेकाले दक्षिणको छिमेक र नेपाल दवैतिरका दल र नेताहरु विगतमा आलोचित रहे।' 

प्रकाशित: Jun 23, 2020| 13:50 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।