मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीको गोदावरी नगरपालिकामा एकै दिन ४४ जनालाई कोरोना संक्रमण पुष्टि

कैलालीको गोदावरी नगरपालिकामा एकै दिन ४४ जनालाई कोरोना संक्रमण पुष्टि

कैलालीको गोदावरी नगरपालिकामा एकै दिन ४४ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा एकै दिन ४४ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार आज (मंगलबार) संक्रमण पुष्टि हुनेमा २९ पुरुष र १५ महिलामा छन्। तीमध्ये एक पाँच महिने बालिका छन्।

आजै कैलालीका थप दुई जना तथा बाजुरा, कञ्चनपुर र बझाङका एक/एक जना गरी थप ४९ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यससँगै सुदूरपश्चिमको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ६ सय पाँच पुगेको छ।

प्रकाशित: Jun 23, 2020| 13:34 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।