मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नागरिकता विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेश हुँदै

नागरिकता विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेश हुँदै

राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित भएको नागरिकता विधेयकसम्बन्धीको प्रतिवेदन आज प्रतिनिधिसभामा पेश हुने भएको छ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित भएको नागरिकता विधेयकसम्बन्धीको प्रतिवेदन आज प्रतिनिधिसभामा पेश हुने भएको छ।

दिउँसो १ बजेबाट सुरु हुने बैठकमा समिति सभापति शशि श्रेष्ठले समितिले पारित गरेको प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

समितिले आइतबार नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले ७ वर्षपछि नेपालको अंगीकृत नागरिकता लिन सक्ने गरी प्रतिवेदन पारित गरेको थियो।

प्रतिपक्षी दलहरु नेपाली कांग्रेस, राजपा र संघीय समाजवादीले भने असहमति राख्दै फरक मत राखेका थिए। समितिले बहुमतले निर्णय गरेकाले उनीहरुले राखेको फरक मत भने प्रतिवेदनमा समेटिएको छैन।

०७५ साउनमा संसदमा दर्ता भएको सो विधेयक २ वर्षपछि समितिबाट पुनः संसदमा आएको हो । अब विधेयकमाथि प्रतिनिधिसभामा छलफल हुनेछ।

प्रकाशित: Jun 23, 2020| 13:08 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।