सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ। हिजो सोमबार ९१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य आजका लागि ६० हजार ६०० रुपैयाँ तोकिएको छ।
अस्ति आइतबार पनि सुन तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो। आज चाँदी तोलाको १० रुपैयाँ घटेर ९४० रुपैयाँ प्रतितोला कायम भएको छ। व्यवसायीहरुका अनुसार लकडाउन र भाउ बढेका कारण सुनचाँदीको कारोबार ठप्पप्रायः छ।
गएको चैत ११ गतेदेखि सुन कारोबार बन्द भएको थियो भने सुनचाँदी व्यवसायी महासंघले नयाँ मूल्य पनि तोकेको थिएन। चैत १० गतेपछि एकैपटक जेठ २५ गते नयाँ मूल्य तोकिएको थियो।