मंगलबार, भदौ ९, २०८३

एफएनसीसीआईको साधारणसभा साउन २६ र २७ मा

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को साधारणसभा यही साउन २६ र २७ गते हुने भएको छ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को साधारणसभा यही साउन २६ र २७ गते हुने भएको छ।

महासंघको सोमबार बसेको कार्यसमिति बैठकले साधारणसभाको मिति तय गरेको हो। यसअघि महासंघको निर्वाचन चैत २७ र २८ गते तोकिए पनि कोरोना महामारीका कारण स्थगित भएको थियो ।

तत्काल निर्वाचनको माग राख्दै उपाध्यक्ष चन्द्र ढकाल, चण्डीराज ढकाललगायतले आवाज उठाउँदै आएका थिए। कोरोनाको कारण देखाउँदै अध्यक्ष भवानी राणाले भने निर्वाचनको मिति तोक्नका लागि बैठक डाकेकी थिइनन्।

त्यस्तै ३ महिनाभन्दा बढी साधारणसभाको मिति सार्नुपर्दा बाधा अड्काउ फुकाउनुपर्ने प्रावधान अनुसार सोमबारको मितिले बाधा अड्काउ समेत फुकाइएको छ।

सामाजिक दूरी कायम गरी सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गरेर साधारणसभा गर्ने निर्णय गरेको छ भने साधारणसभामा आउने सहभागीको संख्या समेत तोकिनेछ ।

सोमबारको कार्यसमिति बैठकले लकडाउन कडा भएमात्र चुनाव सर्ने निर्णय गरेको छ। अहिलेको परिस्थितिमा भने साधारणसभा हुने एफएनसीसीआईले जनाएको छ ।

प्रकाशित: Jun 23, 2020| 12:19 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्