मंगलबार, भदौ ९, २०८३

प्रदेश १ : एक सातामा ९३ संक्रमित थपिए, ९२ डिस्चार्ज

विराटनगर– प्रदेश १ मा एक साताको अवधिमा ९३ जना कोरोना संक्रमित भएका छन् । उपचारमा रहेका संक्रमित मध्ये ९२ जना डिस्चार्ज भएका छन् ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

विराटनगर– प्रदेश १ मा एक साताको अवधिमा ९३ जना कोरोना संक्रमित भएका छन् । उपचारमा रहेका संक्रमित मध्ये ९२ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ का १४ वटै जिल्लामा संक्रमण देखिएको छ । गत वैशाख ५ गते प्रदेश १ मा पहिलो पटक उदयपुरको त्रियुगा ३ भुल्केमा संक्रमण देखिएको थियो । सोमबार साँझ सम्म संक्रमितको संख्या ४ सय ६४ पुगेको छ । २ सय ५७ जना डिस्चार्ज भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उल्लेख तथ्याङ्क अनुसार असार १ गते २६ जना संक्रमित थपिए भने ८ जना डिस्चार्ज भए । असार २ गते ५ जना थपिए ७ जना डिस्चार्ज भए । असार ३ गते १४ संक्रमित थपिए ३ जना डिस्चार्ज भए । असार ४ गते ३ जना संक्रमित थपिए ४० जना डिस्चार्ज भए । असार ५ गते ३ जना संक्रमित थपिए १० जना डिस्चार्ज भए ।

त्यसैगरि असार ६ गते ११ संक्रमित थपिए उक्त दिुन कुनै संक्रमित डिस्चार्ज नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । असार ७ गते १६ संक्रमित थपिए भने १ जना डिस्चार्ज भए । असार ८ गते १५ संक्रमित थपिए भने २३ जना डिस्चार्ज भएका छन् । प्रदेश १ गते जेठ ३२ गते सम्म ३ सय ७१ संक्रमित थिए । सो अवधि सम्म १ सय ६६ जना डिस्चार्ज भएका थिए ।

प्रदेश १ मा झापामा १ सय ९० जना संक्रमित भएका छन् । झापाका १४ वटा स्थानीय तहमा संक्रमण देखिएको छ । मोरङमा १ सय २७ जना संक्रमित भएका छन् । मोरङका ११ वटा स्थानीय तहमा संक्रमण देखिएको छ । सुनसरीमा ६६ संक्रमित भएका छन् । १० वटा स्थानीय तहमा संक्रमण देखिएको छ । प्रदेश १ का भारतसँग सीमा जोडिएका झापा, मोरंग र सुनसरी तीन जिल्लाका ३५ स्थानीय तहमा संक्रमण देखिएको छ ।

प्रदेश १ का उदयपुरमा ५१, धनकुटामा ८, भोजपुरमा ६, खोटाङमा ४, ताप्लेजुङमा ३, संखुवासभा, इलाम र ते¥हथुममा २–२ र पाँचथर, ओखलढुंगा र सोलुखुम्वुमा १–१ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा हाल सम्म देखिएका संक्रमित मध्ये अधिकांश भारतबाट आएका रहेका छन् । समुदायस्तरमा उदयपुरको त्रियुगा ३ भुल्के र धनकुटा जिल्ला अस्पतालमा मात्र संक्रमण भएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

समुदायस्तरको संक्रमण नियन्त्रणमा आएको उनले बताए । उनले भने, ‘अहिले देखिएको संक्रमण क्वारेन्टिनमा मात्रै छ ।’ क्वारेन्टिकनमा देखिएको संक्रमणलाई समुदायमा नफैलन दिनका लागि प्रदेश सरकारले काम गरिरहेको उनले बताए । प्रदेश १ मा बढीमा ४ महिना भित्रमा कोरोना संक्रमणमा आउने मन्त्री घिमिरेले बताए ।

४ हजार २०० को पीसीआर

प्रदेश १ मा एक सतामा ४ हजार बढीको स्वाव संकलन भएको छ । जेठ ३२ गते सम्म १५ हजार ३ सय ६० जना शंकास्पदको नमूना संकलन गरिएको थियो । असार ८ गते सम्म १९ हजार ५ सय ६८ जनाको स्वाव संकलन भएको छ ।

एक सातामा ४ हजार २ सय ८ जनाको स्वाव संकलन भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार स्वाव संकलन गरिएका मध्ये १ हजार ५ सयको रिपोर्ट आउन बाँकी छ ।

संक्रमितको ४ स्थानबाट उपचार

प्रदेश १ मा कोरोना संक्रमितलाई विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, सुन्दरहरैचाको पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन केन्द्र, सुनसरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र उदयपुरको चौदण्डीगढी आईसोलेसन उपचार केन्द्रमा राख्ने गरिएको छ । झापा मेचीनगरपालिकाको धाईजनमा आईसोलेन केन्द्र सञ्चालनको तयारीमा छ ।

सामाजिक विकास मन्त्री घिमिरेले संक्रमितको बर्गीकरण गरेर उपचार गरिने बताए । संक्रमण देखिएका सामान्य प्रकृतिकालाई सुन्दरहरैचा, मेचीनगर र चौदण्डीगढीमा, कोरोनाको सामान्य लक्षण देखिएकालाई विराटनगर र कोरोनाको लक्षण देखिएका गंभिर विरामीलाई धरानमा उपचारको प्रवन्ध गरिने उनको भनाई छ ।

 

 

प्रकाशित: Jun 23, 2020| 11:02 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।