मंगलबार, भदौ ९, २०८३

खोलाले बगाएर वेपत्ता बालककोे शव फेलाः सडक अवरुद्ध

अर्घाखाँचीको पाणिनि गाउँपालिकामा तीन दिनदेखि खोलाले बगाएर बेपत्ता भएका बालकको शव भेटिएको छ ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

अर्घाखाँची- अर्घाखाँचीको पाणिनि गाउँपालिकामा तीन दिनदेखि खोलाले बगाएर बेपत्ता भएका बालकको शव भेटिएको छ ।

पाणिनि–४ पटौटीका सन्तबहादुर नेपालीका १३ वर्षीय छोरा पूजनको शव स्थानीय दुर्गाखोलामा भेटिएको जिल्ला प्रहरी कार्यलयले बताएको छ ।

सुस्त मनस्थितिकी माहिली आमासँग घर नजीकैको बारीमा जांँदै गर्दा जुकेखोला तर्न नसक्दा उनलाई खोलाले बगाएको थियो ।

पाँच दिनदेखि अवरुद्ध सडक अझै खुलेन

शुक्रबार राति नरपानीमा गएको पहिरो खस्नेक्रम नरोकिएपछि पाँच दिनदेखि गोरुसिङ्गे– सन्धिखर्क सडक अझै खुल्न सकेको छैन ।

पाँच दिनदेखि लगातार परेको वर्षाका कारण नरपानी र खाँचीखोलाबीचमा पहिरो गएको हो ।

पहिरो पन्छाउन दुई डोजरले लगातार काम गरे पनि खस्नेक्रम नरोकिँदा खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

सडक बन्द हुँदा बिरामी बोकेका एम्बुलेस र अन्य सवारी साधन आवतजावत गर्न नपाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए ।

यस्तै शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण जिल्लामा अधिकांश ग्रामीण सडक पनि अवरुद्ध भएका छन् । रासस

प्रकाशित: Jun 23, 2020| 09:19 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।