मंगलबार, भदौ ९, २०८३

पाकिस्तानसँगको झडपमा फेरि गोर्खा सैनिक मारिए

पाकिस्ता र भारतीय सेनाबीच भएको भिडन्तमा एक नेपाली गोरखा सैनिक मारिएका छन् ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

काठमाडौं- पाकिस्तान र भारतीय सेनाबीच भएको भिडन्तमा एक नेपाली गोरखा सैनिक मारिएका छन् ।

सोमबार बिहान जम्मु कश्मीरको रजौरी जिल्लाको नौसेरा सेक्टरमा पाकिस्तानी सेनाले आक्रमण गर्दा भारतीय सेनाका गोर्खा जवान दीपक कार्कीको मृत्यु भएको भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दले बताएका छन् ।

‘हवलदार दीपक कार्की एक बहादुर र इमान्दार सिपाही थिए’, आनन्दले भनेका छन्, ‘उनको सर्वोच्च त्याग, कर्तव्य र समर्पणका लागि राष्ट्र उनीप्रति सदैव ऋणी रहनेछ।’

उनी गुल्मी जिल्ला छत्रकोट गाउँपालिका–५, खर्ज्याङका स्थायी बासिन्दा रहेको छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए ।

पन्तका अनुसार सोमबार बिहान मारिएका कार्कीको अन्त्यतेष्टिका लागि आज (मंगलबार) बिहान परिवारका सदस्य गोरखपुर हिडेका छन्। मृतक कार्कीका तीन सन्तान छन् ।

प्रकाशित: Jun 23, 2020| 08:54 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।