मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेशमा थप ७३ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

गण्डकी प्रदेशमा थप ७३ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा संक्रमितको संख्या ५९३ पुगेको छ ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

पोखरा- गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा संक्रमितको संख्या ५९३ पुगेको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयले सोमबार बेलुका सार्वजनिक गरेको तथ्याङ्क अनुसार तनहुँमा एक महिलासहित १७, स्याङ्जामा ९, बागलुङमा ८, गोखरामा ११, लमजुङमा ५, पर्वतमा १ नवलपुरमा १, र कास्कीको पोखरामा १ जना गरि थप ७३ जनामा कोरोना पुष्टि भएको हो ।

लमजुङको बेसिसहरकी २१ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ भने पोखरामा संक्रमित हुने ४५ वर्षीय पुरुष छन् ।

गण्डकी प्रदेशको प्रदेश क्षयरोग केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणबाट कोरोना पुष्टि भएकाहरुलाई आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

प्रकाशित: Jun 23, 2020| 08:18 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।