मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमेरिकाले डिसेम्बरसम्म ग्रिन कार्ड र वर्किङ भिसामा लगायो प्रतिबन्ध

अमेरिकाले डिसेम्बरसम्म ग्रिन कार्ड र वर्किङ भिसामा लगायो प्रतिबन्ध

अमेरिकी सरकारले ग्रीन कार्ड र वर्किङ भिसामा आउने डिसेम्बर महिनासम्मका लागि प्रतिवन्ध लगाएको छ ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

अमेरिकी सरकारले ग्रीन कार्ड र वर्किङ भिसामा आउने डिसेम्बर महिनासम्मका लागि प्रतिवन्ध लगाएको छ ।

कोरोना भाइरसको महामारीका कारण आर्थिक रुपमा प्रभावित भएका अमेरिकीहरुलाई रोजगारी दिन यस्तो निर्णय लिइएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

सोमबार अमेरिकी सरकारले गरेको यो निर्णयबाट उच्च सीप भएका प्रविधि क्षेत्रका कामदार, गैरकृषि क्षेत्रका मौसमी सहयोगी, मध्यम र उच्च तहमा रहेर काम गर्ने कामदारहरु प्रभावित हुने भएका छन् ।

नयाँ नियमका कारण अमेरिकामा काम गर्ने झण्डै पाँच लाख २५ हजार विदेशी प्रभावित हुने बीबीसीले जनाएकाे छ । जसमा स्थायी आवासका लागि नयाँ ग्रिन कार्डका प्राप्त गर्ने तयारीमा रहेका झण्डै एक लाख ७० हजार विदेशी कामदार छन् ।

सोमवारबाट लागू गरिएको नियम त्यहाँ रहेर काम गरिरहेका र अमेरिकी भिसा म्याद भएकामाथि लागू हुने छैन। अमेरिकामा अध्ययनका लागि गएका विद्यार्थीहरुले पाउने अप्सनल प्राक्टिकल ट्रेनिङलाई भने यसले कुनै असर नपर्ने बताइएको छ।

प्रकाशित: Jun 23, 2020| 07:55 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।