सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १४४ पुगेको छ । हिजो सोमबार सो प्रदेशमा १३७ जना संक्रमित थपिएका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ९६ र सेती प्रादेशिक अस्पतालमा ४१ जनाको संक्रमण पुष्टि भएको हो। हालसम्म उक्त प्रदेशमा १६५ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
संक्रमितमध्ये कैलालीका ३४७, कञ्चनपुरका १०७, अछामका ६७, डडेल्धुराका २०४, दार्चुलाका १३, बझाङका २१, बैतडीका १७२, डोटीका १४२ र बाजुराका ७१ जना छन्। सुदूरपश्चिम प्रदेशका क्वारेन्टिनमा २९ हजार ९२८ जना छन्। उनीहरु सबैजसो भारतबाट आएका हुन्।