मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज पनि भारी वर्षा हुने, यी क्षेत्र बाढी-पहिरोको जोखिममा

आज पनि भारी वर्षा हुने, यी क्षेत्र बाढी-पहिरोको जोखिममा

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ। अहिले विशेषगरी पूर्वी तराई तथा सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

काठमाडाैं- मनसुन सक्रिय भएसँगै देशका अधिकांश भूभागमा सामान्य, मध्यमदेखि भारी वर्षा हुने क्रम बढेर गएको छ ।

आज (मंगलबार) पनि देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ। अहिले विशेषगरी पूर्वी तराई तथा सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यस्तै महाशाखाका अनुसार राति देशभर सामान्य बदली रही सबै प्रदेशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना छ।

मध्यम र भारी वर्षा हुने क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ ।

ईलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, कैलाली, कञ्चनपुर र आसपास मध्यमदेखि भारी बर्षा भईरहेकोले कन्काईलगायत झापा, मोरङ, सुनसरी भई बहने साना नदीमा बहाव बढ्ने, केहिमा आकस्मिक बहाव पनि हुन सक्ने भन्दै बाढी पूर्वानुमान शाखाले सर्तक हुन भनेको छ ।

प्रकाशित: Jun 23, 2020| 07:01 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।