मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महामारीलाई राजनीतिकरण नगर्न डब्लुएचओ प्रमुखको चेतावनी

महामारीलाई राजनीतिकरण नगर्न डब्लुएचओ प्रमुखको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले महामारीलाई राजनीतिकरण नगर्न चेतावनी दिएका छन्।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले महामारीलाई राजनीतिकरण नगर्न चेतावनी दिएका छन्।

“विश्व नेताहरुले कोरोना भाइरससँगै उत्पन्न महामारीलाई राजनीतिकरण गर्न पाउनुहुन्न, बरु एकताबद्ध भएर लड्नुपर्छ,” डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयोसुसले भने।

उनले अझै पनि कोरोनाभाइरसको सङ्क्रमण उत्तिकै फैलिइरहेको र यसले गर्ने क्षतिमा कमी नभएको पनि उल्लेख गरेका छन्।

सङ्क्रमितहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको प्रति अपेक्षित सम्वेदलनशीलता विश्व नेताहरुमा नदेखिएको चिन्ता पनि उनले व्यक्त गरे।

राजनीतिकरण नगर्न आह्वान गरिएको उनको भनाइ विषेश गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति बढी लक्षित रहेको बताइएको छ ।

उनले अमेरिकामा पर्याप्त सतर्कता नअपनाइएको र राजनीतिक दाउपेचका कारण अनाहकमा धेरै मानिसको मृत्यु भइरहेको टिप्पणी पनि गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि विश्वभरी कोरोना भाइरसको महामारी शुरु भएदेखि नै डब्लुएचओले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना गर्दै आएका छन्।

डब्लुएचओ प्रमुख गेब्रेयेसुसले ब्राजिल, इराक, भारत, दक्षिणी तथा पश्चिमी अमेरिकी देशहरुको अवस्था प्रति पनि चिन्ता व्यक्त गरेका छन्।

ती देशहरुमा अझै पनि धेरै कोरोना भाइरसबाट सङ्क्रमितहरु धेरै रहेको र अस्पतालहरुमा विरामीहरुको भिड भइरहेको उनले उल्लेख गरेका छन्।

विश्वभरी पछिल्लो तीन महिना कोरोना भाइरसको महामारी फैलिएको छ। शुरुको तीन महिनामा विश्वभरी दश लाख मानिस सङ्क्रमित भएको र त्यति नै संख्यामा सङ्क्रमितहरु पछि आठ दिनमा वृद्धि भएको पनि डब्लुएचओले जनाएको छ ।

प्रकाशित: Jun 23, 2020| 06:35 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।