संघीय संसद् प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले ट्राफिक नियम तीन पटकभन्दा बढी उल्लंघन गर्ने चालकको लाइसेन्स खारेज गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ। सवारी दुर्घटना चालककै लापरबाहीले हुने गरेको भन्दै समितिले यस्तो सुझाव दिएको हो।
अहिले ट्राफिक प्रहरीले मदिरा सेवन गरेर ५ पटकसम्म कारबाहीमा परेमा लाइसेन्स खारेजका लागि यातायात व्यवस्था कार्यालयमा लेखेर पठाउने गरेको छ। प्रहरीको तथ्यांकअनुसार दुर्घटनाको मुख्य कारण चालकको लापरबाही नै देखिएको छ।