मंगलबार, भदौ ९, २०८३

पाल्पाको पहिरोमा थप एक जनाको मृत्यु

तानसेन नगरपालिका–११, सम्मोबारीमा पहिराले गाडी बगाउँदा तीन जनाको निधन भएको छ ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

तानसेन नगरपालिका–११, सम्मोबारीमा पहिराले गाडी बगाउँदा तीन जनाको निधन भएको छ ।

एक जना घाइतेको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल पाल्पा तथा दुईको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए।

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । मृतकको पहिचान हुन सकेको छैन । घटनाका प्रत्यक्षदर्शी दीपक बोहोराका अनुसार माथिबाट खसेको पहिराले गाडी बगाएको थियो । ट्रक, पानी ट्याङ्कर, एक बोलेरो र एउटा कार पहिराबाट पुरिएको थियो।

सडकमा कार र बोलेरो जीप जोखिम अवस्थामा छन् । सडक चौडा बनाउने क्रममा पहिरो गएको हो । पहिराका कारण तानसेन–हार्थोक हुँदै गुल्मी र पाल्पाका ग्रामीण बस्ती तथा अर्घाखाँची जिल्लाको पूर्वी भेगमा जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।
रासस

प्रकाशित: Jun 23, 2020| 05:57 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।