विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९० लाख नाघेको छ।
अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयलका अनुसार यीमध्ये झन्डै चार लाख ७० हजारको मृत्यु भइसकेको छ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ अमेरिका। त्यहाँ २२ लाख ९१ हजारभन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या १ लाख २० हजार नाघेको छ।
दोस्रो प्रभावित देश ब्राजिलमा १० लाख ८३ हजारभन्दा बढी संक्रमित भएका छन्। तीमध्ये ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
रुसमा ९१ हजार संक्रमित हुँदा मृतकको संख्या ८ हजार नाघेको छ।
संक्रमणका हिसाबले भारत चौथो नम्बरमा आउँछ। त्यहाँ ४ लाख २५ हजारभन्दा बढी संक्रमित भइसकेका छन्। मृतकको संख्या १३ हजार ६०० नाघिसकेको छ।
उता बेलायत ३ लाख ६ हजार संक्रमित हुँदा ४२ हजार ७३२ जनाको मृत्यु भएको छ।