मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकीमा कोरोना संक्रमितको संख्या ५९३ पुग्यो, कुन जिल्लामा कति थपिए?

गण्डकीमा कोरोना संक्रमितको संख्या ५९३ पुग्यो, कुन जिल्लामा कति थपिए?

प्रदेशको सामाजिक विकास मन्त्रालयले सोमबार साँझ गराएको जानकारीअनुसार पछिल्लोपटक थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

पोखरा- गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ५९३ पुगेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले सोमबार साँझ गराएको जानकारीअनुसार पछिल्लोपटक थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश कारोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले पछिल्लो पटक संक्रमित हुनेमा तनहुँका १७ जना रहेकाे जानकारी दिए।

यीमध्ये भिमादका ३ जना पुरुष, घिरिङका १ पुरुष, आँबुखैरेनीका ३ पुरुष, बन्दीपुरका ९ पुरुष र १ महिला छन्। 

स्याङ्जामा थप ९ जनामा संक्रमण भएको छ। संक्रमितममा अर्जुनचौपारीका ५ पुरुष र एक महिला, वालिङका १ पुरुष र कालीगण्डकीका २ पुरुष छन्।

बाग्लुङमा थप ८ जनामा संक्रमण भएको छ। संक्रमित हुनेमा ताराखोलाका ७ पुरुष तथा निसीखोलाका ७ महिनाका बालक छन्।

यसैगरी गोरखाको गण्डकीका ३ पुरुष, भीमसेनका ३ पुरुष र दुई महिला, सहिद लखनका ३ जना पुरुष छन्।

लमजुङमा पनि थप पाँच जना संक्रमित भएकामा क्होलासोधारका एक पुरुष, मध्यनेपालका २ पुरुष, दूधपोखरीका पुरुष र बेसीसहरकी १ महिला छिन् ।

पर्वत कुस्माका एक पुरुष, नवलपुर बौदिकालीका १ पुरुष र कास्की पोखरा १ पुरुषमा संक्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ। 

प्रकाशित: Jun 22, 2020| 21:17 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।