चाैतारा- १४ दिन क्वारेन्टिनमा बसेर फर्किएका एक युवककाे मृत्यु भएकाे छ। सिन्धुपाल्चाेक बलेफी गाउँपालिका –४ का ती युवकको मृत्युु भएको गाउँपालिका अध्यक्ष केदारबहादुर क्षेत्रीले जानकारी दिए।
क्वारेन्टिनबाट पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको केही दिनपछि उनको मृत्यु भएको क्षेत्रीले बताए। उनी भारतबाट फर्किएका हुन्।
मृत्युको कारण भने खुलिसकेको छैन ।