बुधबार, चैत ११, २०८२

'गर्भवतीले कोरोनासँग नडराई नियमित परीक्षण गराउनुस्'

कोभिडसँग डराएर गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण नगराएको पनि पाइएको छ। कोभिडसँग नडराई सतर्कता र सावधानी अपनाएर नियमित परीक्षण गर्नुहोस्।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

- डा. सङ्गीताकौशल मिश्र
निर्देशक, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल

National life

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका महिलाले बच्चालाई स्तनपान गराउन पूर्णतयाः सुरक्षित छ। बच्चालाई स्तनपान गराउँदा कोभिड–१९ सर्दैन।

कोभिड भएको महिलालाई स्तनपानमा कुनै समस्या देखिएको छैन, कुनै पनि कारणले बच्चालाई स्तनपान गरायो भने बच्चामा कोभिड– १९ सर्दैन भन्ने अनुसन्धानबाट आएको छ। त्यही भएर कोभिड भएको महिलाले पनि आफ्नो बच्चालाई आरामले स्तनपान गराउन सक्नेछन् ।

कोभिडसँग डराएर गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण नगराएको पनि पाइएको छ। कोभिडसँग नडराई सतर्कता र सावधानी अपनाएर नियमित परीक्षण गर्नुहोस्। गर्भवती महिलाले तीन, छ, आठ र नौ महिनामा अनिवार्य स्वास्थ्य परीक्षण गराउनु पर्दछ।

बन्दाबन्दीका कारण संस्थागत प्रसूति गराउने महिलाको संख्या पनि घटेको छ। गर्भवती महिलालाई रक्तश्राव, पेट दुख्ने, बच्चा नचल्ने, आँखा धमिलो देख्ने, पेट दुख्ने समस्या देखिए तुरुन्त अस्पताल जानुहोस्। नियमित परीक्षण पनि अनिवार्य नै छ। १००.४ डिग्रीभन्दा बढी ज्वरो आएमा र श्वासप्रश्वासमा समस्या भएमा पनि अस्पताल जानुपर्दछ ।

Laxmi sunrise bank
kumari

प्रसूति गराउन अनिवार्य रुपमा स्वास्थ्य संस्थामा नै जानुपर्छ। डेलीभरि भएपछि पनि पहिलो, तेस्रो, सातौं र २८औं दिनमा नजिकको स्वास्थ्य संस्थामा गई वा चिकित्सकसँग टोलिफोन गरी आफ्ना समस्या सामाधान गर्नुपर्छ।

स्वास्थ्य मन्त्रालयले मातृ तथा नवशिशुलाई लक्षित गरी कोभिड–१९ सम्बन्धी मापदण्ड तयार पारेको छ। त्यहीअनुसार स्थानीय अस्पतालले सुत्केरी महिलालाई सेवा दिन्छन्। अस्पतालले गर्भवती महिलालाई सेवाविमुख गराउन पाउँदैनन्। महिलालाई नेपाल मेडिकल काउन्सिल र नेपाल मेडिकल एशोसिएसनले चिकित्सकको सूची नै जारी गरेर फोनमा नै परामर्श दिने व्यवस्था गरेको छ।

थापाथली प्रसूति अस्पतालले कुनै पनि महिला अस्पतालमा आए उनीहरुलाई सेवा दिइरहेको छ। कोभिड १९ छैन भने उनीहरुलाई नियमित सेवा दिने र कोभिड भए छुट्टै राखेर सेवा दिएका छौँ। हामीले हेल्प डेस्क स्थापना गरेर पनि सेवा दिइरहेका छौँ ।

अस्पतालले बहिरंग सेवा, शल्यक्रिया, परिवार नियोजन सेवा नियमित दिइरहेको छ । पाठेघरको सेवा पनि चाँडै सञ्चालन गर्न गइरहेको छ। एम्बुलेन्स कहीँ पनि सरकारले रोकेको छैन। सुत्केरी महिलाले कुनै पनि एम्बुलेन्स प्रयोग गर्न सक्छन्। काठमाडौंमा १०२ र बाहिर १०० नम्बर डायल गरेर महिलाले एम्बुलेन्स सेवा पाउनुहुन्छ।

प्रकाशित: Jun 22, 2020| 20:10 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्