मंगलबार, जेठ ५, २०८३

शैक्षिक संस्था नखुलेसम्म शुल्क नतिर्न नेविसंघको अपिल

नेपाल विद्यार्थी संघले शैक्षिक संस्था नखुलुन्जेलसम्मको अवधिभरको कुनै प्रकारको शुल्न नतिर्न सम्पूर्ण अभिभावकहरुलाई आह्वान गरेको छ।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

काठमाडौं- नेपाल विद्यार्थी संघले शैक्षिक संस्था नखुलुन्जेलसम्मको अवधिभरको कुनै प्रकारको शुल्न नतिर्न सम्पूर्ण अभिभावकहरुलाई आह्वान गरेको छ।

National life

निजी विद्यालयहरुको छाता संस्था प्याब्सन र एन प्याब्सनले लकडाउन अवधिको पनि शुल्क बुझाउन जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै संघले शुल्क नतिर्न आह्वान गरेको हो।

प्याब्सन र एन प्याब्सनले लकडाउनका कारण विद्यालय चलाउनै नसकिने अवस्थामा पुगेको भन्दै शुल्क तिर्न अपिल गरेको थियो।

संघले निजी विद्यालयको छाता संस्थाको यस्तो मनोमानीपूर्ण निर्णयको भर्त्सना गरेको छ।

संघका अध्यक्ष राजीव ढुंगानद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, 'प्याब्सन र एन प्याब्सनलाई तुरुन्त उक्त निर्णय फिर्ता लिन र सरकारले गम्भीरतापूर्वक यो समस्या समाधान गर्न दतारुकता देखाओस् भन्दै खबरदारी गर्न चाहन्छौं।'

शिक्षा मन्त्रालयले गत वैशाख २२ गते अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयलाई कुनै पनि तह वा कक्षामा नयाँ भर्ना नगर्न, नगराउन र भर्नाका नाममा वा अनलाइन पठनपाठनका नाममा कुनै पनि शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउने कार्य नगर्न निर्देशन दिएको थियो।

संघको विज्ञप्तिमा भनिएको छ, 'यस्तो अवस्थामा प्याब्सन र नेसनल प्याब्सनले कसरी शुल्क तिर्न अपिल गरे? प्याब्सन र नेसनल प्याब्सनले यसरी खुला अपिल जारी गरेर अभिभावकलाई शुल्क बुझाउन भन्दा पनि शिक्षा मन्त्रालयल र यो सरकार हेरेर बसिरहेको छ?' 

संघका महामन्त्री बलदेव तिमल्सिनाले सरकारले प्याब्सन र एन प्याब्सनको मनपरी रोक्नुपर्ने बताए।

उनले भने, 'शिक्षामन्त्रीलाई शुल्कमा छुट दिन पटक पटक गरिएको हाम्रो आग्रह पुनः स्मरण गराउॅंदै सानासाना बालबालिकालाई अनलाइमा जोड्ने र त्यसैको नाममा शुल्क उठाउन उचित हुँदैन। नेविसंघ यसको विरुद्धमा छ। यसैलाई कक्षा सञ्चालन भइरहेको भनेर अभिभाव सॅंग शुल्क लिन पाइन्न।'

प्रकाशित: Jun 22, 2020| 18:40 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्