मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाल्पामा पहिरोले चारवटा गाडी बगायो, दुई जनाको शव फेला

पाल्पामा पहिरोले चारवटा गाडी बगायो, दुई जनाको शव फेला

पाल्पाको तानसेन-रिडी सडक खण्डमा पहिरोले चारवटा सवारी साधन बगाएको छ।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

काठमाडौं- पाल्पाको तानसेन-रिडी सडक खण्डमा पहिरोले चारवटा गाडी बगाएको छ।

साँझ करिब पाँच बजे गएको पहिरोमा पुरिएका दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

एक जना गम्भीर घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल पठाइएको छ।

सम्मोबारी नजिकै पहिरो खस्दा ट्यांकर, बोलेरो जिप, मिनी ट्रक र कार बगाएको र बगेका सवारी साधनमा कति मानिस सवार थिए भन्ने यकिन जानकारी भैनसकेको प्रहरीले जनाएको छ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेका छन्। पहिरो करिब डेढ सय मिटर माथिबाट झरेको छ।

सोमबार बिहानैदेखिको लगातारको वर्षाले देशका थुप्रै ठाउँमा पहिरो गएको छ।

प्रकाशित: Jun 22, 2020| 18:12 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।