मंगलबार, भदौ ९, २०८३

बारामा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

बारामा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घनामा परी तीन जनाको ज्यान गएको छ।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

काठमाडौं- बारामा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घनामा परी तीन जनाको ज्यान गएको छ।

प्रहरीका अनुसार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना र मिक्चर मेसिनमा च्यापिएर एक जनाको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत जितपुर सिमरा उपमहानगरपालिकामा ना ४ ख ८१६५ नम्बरको ट्रकले बा ५२ प ३९९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक निजगढ नगरपालिका–१० का ३४ वर्षीय डम्बर लामा र ४० वर्षीय रामबहादुर मोक्तानको मृत्यु भएको छ।
लामाको घटनास्थलमै र मोक्तानको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रुद्र कँडेलले जानकारी दिए।

एउटै दिशाबाट गुडिरहेको मोटरसाइकललाई ट्रकले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरी चौकी पथलैयाले नियत्रणमा लिएको छ।

यस्तै आफैंले चलाएको मिक्चर मेसिनले च्यापिएर कलैया उपमहानगरपालिका २३ मा सप्तरीको सुरुंगा नगरपालिकाका ३० वर्षीय उमाकान्त यादवको मृत्यु भएको छ।

कलैया २३ बैराठपुरस्थित बाटो र नाला निर्माणको काम गरिरहेका बेला आफंैले चलाएको अनटेस्ट मिक्चर मेसिन पल्टिँदा च्यापिएर हेल्पर यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 22, 2020| 18:05 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।