गुल्मी– पहिराेका कारण गुल्मीमा ४२ घरपरिवार विस्थापित भएका छन्।
लगातारको वर्षाले जिल्ला सदरमुकाम तम्घाससहित अन्य स्थानका ४२ घरका २०८ जना विस्थापित भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले पहिराेबाट विस्थापित विद्यालय, आफन्त र छिमेकीका घर तथा गोठमा आश्रय लिइरहेको बताए।
पहिराेको कारण रेसुङ्गा नगरपालिका– ७ बेदुखर्कका १४ का ६४ जना, रेसुङ्गा– ९ बूढीचौरका दुई घरधुरीका ६५ जना, इस्मा गाउँपालिका–४ रातामाटाका ११ घरधुरीका ६२ जना, कालीगण्डकी गाउँपालिका– ५ फोक्सिङ्गका तीन घरधुरीका १४ जना र मुसिकोट नगरपालिका– १ तल्लो पौँदीका दुई घरधुरीका तीन व्यक्ति विस्थापित बनेका छन्।
त्यस्तै, पहिरोले रिडी–रुद्रवेणी–बामीटक्सार सडक अवरुद्ध बनेको छ। उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–२ को साँघुरे, सत्यवती गाउँपालिका– ४ को नादेवा खोला, वडा नं ५ को बाँदरे भिर र वडा नं ६ को डहरे खोलालगायतका स्थानमा पहिरो खसेको छ।
रासस