विराटनगर– प्रदेश १ मा सोमबार १५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२ र झापामा ३ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको रंगेलीमा ८ र सुन्दरहरैचामा ४ जना, झापाको भद्रपुरमा २ र दमकमा १ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय ६४ पुगेको छ । प्रदेश १ मा १४ वटै जिल्लामा संक्रमण देखिएको छ । ओखलढुंगामा आईतबार साँझ एक पुरुषमा संक्रमण देखिएको थियो । प्रदेश १ बाट सोमबार २३ जना डिस्चार्ज भएका छन् ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १० र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेमा मोरंगका १३, उदयपुरका ४, सुनसरी ३, झापा २ र ते¥हथुमका १ जना रहेका छन् ।
प्रदेश १ मा अहिले १ सय ९० जना उपचाररत रहेका छन् । कोशी कोभिड विराटनगरमा २३, पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन केन्द्र सुन्दरहरैचामा ९८, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६४, उदयपुरको चौदण्डीगढी आईसोलेसन केन्द्रमा ५ जनाको उपचार भईरहेको छ । सोमबार संक्रमण देखिएकाको व्यवस्थापनको काम भईरहेको मन्त्रालयले जनाएको छ ।