मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रसुवाबाहेक सबै जिल्लामा पुग्यो कोरोना, आज कहाँ कति देखिए ?

रसुवाबाहेक सबै जिल्लामा पुग्यो कोरोना, आज कहाँ कति देखिए ?

नेपालमा रसुवाबाहेक ७६ वटै जिल्लामा कोरोना संक्रमितहरु भेटिएका छन्। पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ५३५ जना संक्रमितहरु थपिएका छन्।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

काठमाडौं- नेपालमा रसुवाबाहेक ७६ वटै जिल्लामा कोरोना संक्रमितहरु भेटिएका छन्। पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ५३५ जना संक्रमितहरु थपिएका छन्।

आज संक्रमण देखिएकामध्ये सबैभन्दा धेरै पाल्पामा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कैलालीका ५८ जना, गुल्मीका ५६ जना तथा सर्लाहीका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै रौतहटका ३४ जना, स्याङ्जाका ३३ जना, प्युठानका ३० जना, नवलपरासी पूर्वका २४ जना र सिरहाका २३ जनामा संक्रमण पुष्टि भएको छ।

डडेलधुरा र सप्तरीका १५/१५ जना, बैतडीका १४ जना, दाङका १३ जना, रुपन्देही र मोरङका १२/१२ जना, तनहुँका ११ जना, पाल्पा र धनुषाका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अर्घाखाँचीका ९ जना, डोटीका ७ जना, चितवन र नवलपरासीका ५/५ जना, झापाका ३ जना, अछाम र सिन्धुपाल्चोकका २/२ जना, महोत्तरी, जाजरकोट र ओखलढुंगामा १/१ जनामा आज कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jun 22, 2020| 17:25 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।