मंगलबार, साउन १२, २०८३

दिल्लीमा १० हजार बेडको आइसोलेसन सेन्टर तयार हुँदै

कोरोना भाइरसबाट संक्रमितको संख्यामा अत्यधिक वृद्धि हुन थालेपछि दिल्लीको दक्षिणी क्षेत्र छतरपुरमा विश्वकै सबैभन्दा ठूलो दाबी गरिएको आइसोलेसन सेन्टर बनाइँदै छ।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

दिल्ली-  कोरोना भाइरसबाट संक्रमितको संख्यामा अत्यधिक वृद्धि हुन थालेपछि दिल्लीको दक्षिणी क्षेत्र छतरपुरमा विश्वकै सबैभन्दा ठूलो दाबी गरिएको आइसोलेसन सेन्टर बनाइँदै छ।

करिब २२ वटा फुटबल मैदान अट्ने यो क्षेत्रमा पहिल्यैदेखि १२ लाख ५० हजार वर्गफूटको ठूलो शेड (छानोमात्र भएको टहराजस्तो संंरचना) छ। यहि संरचनाभित्र दिल्ली सरकारको सहयोगमा १० हजार बेड तयार पार्न लागिएको हो।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार विशेषगरी धार्मिक कार्यक्रमको आयोजना गरिने यो स्थानमा एकै साथ तीन लाख मानिस भेला हुनसक्छन्। राधास्वामी सत्संग व्यासको स्वामित्वमा रहेको यो स्थानमा संक्रमितका लागि कागजी गत्ताका बेड बनाइँदै छ। यस्ता बेडहरु नष्ट गर्ने सजिलो हुने र बायोडिग्रेडेबल हुन्छन्।

अबको दुई सातामा आइसोलेसन सेन्टरको सम्पूर्ण काम सकिने अधिकारीहरुले बताएका छन् । यहाँ विरामीको हेरचाहका लागि ४०० चिकित्सक र ८०० नर्स रहनेछन्।

सत्संग व्यासका अनुसार यो परिसरमा करिब ५०० शौचालय, त्यती नै संख्यामा यूरिनल र स्नानघर छन्। र, यहाँ थप शौचालय पनि बनाइँदैछ।
यहाँका १० हजार बेडमध्ये एक हजारमा अक्सिजन सिलिन्डरको व्यवस्था हुनेछ भने परिसरमै प्याथोलोजी ल्याब पनि बनाइँदैछ।

यहाँको सरसफाई स्थानीय नगरपालिकाले र सुरक्षाको जिम्मेवारी अर्ध सैनिक बलले पाएका छन्। यो केन्द्रले दिल्लीमा हालसम्म उपलब्ध आइसोलेसन बेडको संंख्या दोब्बर बनाउने छ।

दिल्लीमा अस्पतालको बेड सबै भरिभराउ हुन थालेपछि आनन्द विहार रेलवे स्टेशनमा रेलका डब्बाभित्र पनि ४ हजार संंक्रमितका लागि आइसोलेसन सेन्टर बनाइएको छ।

दिल्लीमा कुल संक्रमित संंख्या ५६ हजार ७४६ छ भने संक्रमणबाट २ हजार ११२ को ज्यान गएको छ। भारतभर संक्रमितको संंख्या ४ लाख १० हजार नाघेको छ भने मृतकको संंख्या १३ हजार बढी छ।

प्रकाशित: Jun 22, 2020| 17:20 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।