मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंक अफ काठमाण्डूका ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

बैंक अफ काठमाण्डूका ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७


बैंक अफ काठमाण्डू लिमिटेडद्वारा बिओके सुपर तलब खातामा विभिन्न सुबिधाहरुका साथ रु. सात लाख दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको बीमा सुबिधा उपलब्ध गराउँदै आईरहेको छ ।

यस खातामा रहेका थुप्रै सुबिधाहरुको प्रयोगवापत लाभ लिन श्री नेपाल ईकरात ईन्जिनियरिङ्ग कम्पनी प्रा.लि.ले कर्मचारीहरुको तलब खाता बैंक अफ काठमाण्डू लिमिटेडको हेटौंडा शाखामा विगत केही समय देखि संचालन गर्दै आईरहेको छ ।

साथै, बैंकको उक्त तलब खातामा रहेको बीमा सुबिधा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसंगको सहकार्यमा उपलब्ध गराउँदै आएको थियो । उक्त ईन्जिनियरिङ्ग कम्पनीमा कार्यरत कर्मचारी रविन सूनारको दुर्घटनामा परी असामयिक निधन भएको थियो ।

निधनपश्चात् स्व.सुनारका पिता ठूलो कान्छा सुनारलाई बैंकको हेटौंडा शाखा कार्यालयका शाखा प्रबन्धक रमेश प्याकुरेलले उक्त बीमा दाबी रकम रु. सात लाखको चेक हस्तान्तरण गरे ।

प्रकाशित: Jun 22, 2020| 17:08 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्