मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कृषि विकास बैंकमा अनलाइनबाटै शून्य मौज्दातमा खाता खोल्न सकिने

कृषि विकास बैंकमा अनलाइनबाटै शून्य मौज्दातमा खाता खोल्न सकिने

 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

कृषि विकास बैंक लिमिटेडका सेवाहरु विविधिकरण गरी आधुनिक तथा नयाँ ग्राहक आकर्षित गर्दै व्यवसाय विस्तार गर्न बैंक आक्रामक रुपमा प्रस्तुत भएको छ । वर्तमान प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकको नेतृत्व सम्हालेदेखि नै प्रविधिमा जोड दिएको बैंकले जनाएको छ ।

बैंकका सबैजसो सेवाहरुमा सूचना प्रविधिको प्रयोग भइरहेको छ । प्रविधिको विकाससँगै ग्राहकलाई प्रदान गर्ने सेवा सुविधामा सरलीकरण गर्न र बैंकले प्रदान गर्ने सेवालाई समय सापेक्ष र ग्राहक मैत्री बनाउदै बैकिङ्ग कारोवारको दायरा फराकिलो वनाउन विद्युतीय उपकरणको प्रयोग गरी अनलाइनबाट खाता खोल्ने प्रणाली सुरु गरेको छ ।

उक्त प्रणालीको बैंक संचालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला र प्रमुख कार्यकारी अधिृकत अनिल कुमार उपाध्यायले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा बैंकका उप–महाप्रवन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, दीर्घ वहादुर अर्याल र धु्रवचन्द्र गौतम लगायत विभागीय प्रमुखहरु एवं बजार तथा शाखा व्यवस्थापन विभागका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

अनलाईनबाट खाता खोल्ने प्रणालीको शुरुवात पश्चात देश विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शुन्य मौज्दातमा खाता खोल्न सक्दछन् ।

खाता खोल्नको लागि बैंकको वेबसाईटमा आवश्यक लिंक तयार गरी राखिएको हुँदा उक्त लिंकमा पहुँच गरी खाता खोल्न सक्ने व्यवस्था मिलाएको बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख अजय कुमार रिमालले वताए । सरकारी बैंकहरुमा अनलाईनबाट खाता खोल्न सुविधा दिने पहिलो बैंक भएको समेत उनले बताए ।

प्रकाशित: Jun 22, 2020| 17:02 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्