मंगलबार, भदौ ९, २०८३

'बाह्रखरी कथा प्रतियोगिता'का विजेता घोषित

बाह्रखरी बुक्सले आयोजना गरेको राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता–२०७७ मा मुना चौधरीको कथा ‘लार’ प्रथम भएको छ।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

बाह्रखरी बुक्सले आयोजना गरेको राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता–२०७७ मा मुना चौधरीको कथा ‘लार’ प्रथम भएको छ। कथामा प्रथम भएकी सिरहाकी कथाकार चौधरीले एक लाख नगद पुरस्कार, सिल्ड र प्रमाणपत्र प्राप्त गरेकी छन्।

सोमबार काठमाडौंको चन्द्रागिरिबाट विजेताहरुको नाम अनलाइन घोषणा गरिएको थियो। दोस्रो स्थानमा वीरगन्जका श्रेयज सुबेदीको ‘बेजोडा’ शीर्षकको कथा छानिएको छ भने तेस्रो स्थानमा काभ्रे तेमालका दीपेन्द्र दोङ तामाङको कथा ‘बुलेट बाइक’ छ। दोस्रो र तेस्रो हुने कथाकारलाई क्रमशः ६० हजार र ४० हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा भाग लिएका करिब ६ सय प्रतियोगीमध्ये विजयी तीन जनासहित २५ उत्कृष्ट कथाको चयन आख्यानकार तथा पत्रकार नारायण वाग्लेको संयोजकत्वमा रहेको उपन्यासकार अमर न्यौपाने र साहित्यकार बिना थिङ तामाङ समूहको निर्णायक मण्डलले गरेको थियो।

छानिएका २५ कथाहरूको संगालो ‘उत्कृष्ट कथा २०७७’ पनि बाह्रखरी बुक्सले आजै सार्वजनिक गरेको छ। डिजिटल भर्सनमा निकालिएको सो पुस्तक र सोही पुस्तकको अडियो बुक्स पनि डिजिटल पत्रिका बाह्रखरीको वेबसाइटमा निःशुल्क डाउनलोड गर्न सकिने व्यवस्था गरेको बाह्रखरी बुक्सले जनाएको छ।

छानिएका २५ मध्ये पहिलो, दोस्रो र तेस्रोबाहेक बाँकी २२ कथाकारमा अविनाश भट्टराई, कर्मसही घर्ती मगर, कल्पना श्रेष्ठ कल्पपुञ्ज, कृष्ण कुसुम, खगेन्द्र गिरी, गोपाल झापाली, जनकऋषि राई (चाम्लिङ), त्रिभुवनचन्द्र वाग्ले, दीपक लोहनी, नन्दलाल आचार्य, नारायण लामिछाने, मनोज अज्ञात, महेन्द्र उपाध्याय, मोहन सङ्ग्राम, रत्न प्रजापति, रामदेव पाण्डे, वसन्त आचार्य, समीक्षा खतिवडा, डा. सुनिता तिमिल्सिना, सोमनाथ दाहाल, शिवराज योगी र क्षितिज समर्पण रहेका छन्।

उत्कृष्ट २२ कथाकारहरुलाई प्रमाणपत्रसहित जनही पाँच हजार रुपैयाँ नगद प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित: Jun 22, 2020| 16:51 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।