मंगलबार, भदौ ९, २०८३

पर्यटन सुरक्षा प्रोटोकल सार्वजनिक

नेपाल पर्यटन बोर्डले पर्यटन व्यवसाय सञ्चालन गर्नका लागि सुरक्षा प्रोटोकल सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले सोमबार सो प्रोटोकल सार्वजनिक गरेका हुन् ।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

नेपाल पर्यटन बोर्डले पर्यटन व्यवसाय सञ्चालन गर्नका लागि सुरक्षा प्रोटोकल सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले सोमबार सो प्रोटोकल सार्वजनिक गरेका हुन् ।

प्रोटोकल सार्वजनिक गर्दै मन्त्री भट्टराईले कोभिड १९ को सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको र अब पर्यटन क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने अझै अन्योलमा रहेको हुँदा यस्तो अवस्थामा पर्यटन व्यवसाय सञ्चालन गर्न प्रोटोकल सार्वजनिक गरिएको बताए ।

चैत ११ गते सुरु भएको लकडाउन लगत्तै प्रोटोकल बनाउन सुरु गरेको नेपाल पर्यटन बोर्डले १ महिनाअघि पर्यटन मन्त्रालयमा बुझाएको थियो ।

पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले कोरोनापछि कसरी सुरक्षित रुपमा व्यवसाय सञ्चालन गर्ने भन्ने विषयमा प्रोटोकल बनेको जानकारी दिए ।

‘होटल, रेस्टुरेन्टसँगै पर्यटनसम्बन्धी व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने गाइडलाइन हो। प्रोटोकल सबैलाई पालना गर्न आग्रह गर्छु । प्रोटोकलमा कुनै सच्याउनु पर्ने विषय भएमा सबैको सुझावको आधारमा सच्याउने छौं,’ उनले भने ।

उनले कोभिड १९ को समयमा मात्रै नभई अब सधै पर्यटक स्वास्थ सुरक्षा सम्बन्धी गाइडलाइन आवश्यक भएको बताए । ‘हामी विश्वलाई पर्यटकको सुरक्षा, सेवा र अप्ठ्यारोमा परेको अवस्थामा उद्धारमा तत्पर रहेको सन्देश दिनुपर्छ,’ उनले भने ।

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मीले पर्यटन सम्बन्धी प्रोटोकल पर्यटन व्यवसाय सञ्चालन गर्ने सबैले अक्षरंश पालना गर्ने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य दिपक महतले कोभिड १९ को समयमा ६० देशका ३३ जिल्लामा रहेका ५ हजार पर्यटकको उद्धार गरिएको जानकारी दिए ।

 

प्रकाशित: Jun 22, 2020| 16:25 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्