मंगलबार, भदौ ९, २०८३

आज ५३५ जनामा काेराेना पुष्टि, कुल संक्रमित ९,५६१

सोमबार एकै दिन देशभर ५३५ जना काेराेना संक्रमित थपिएका छन्। यो सहित देशभर संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

काठमाडौं- सोमबार एकै दिन देशभर ५३५ जना काेराेना संक्रमित थपिएका छन्। यो सहित देशभर काेराेना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ७४ जना महिला र ४६१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। हालसम्म जम्मा नेपालमा ८९४ महिला र ८ हजार ६६८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोनाबाट संक्रमणमुक्त भएर आज ३२ जना महिला र ३३८ जना पुरुष गरी कुल ३७० जना डिस्चार्ज भएका छन्।

हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १६१ महिला र १ हजार ९६१ पुरुष गरी जम्मा २ हजार १४२ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न जिल्लामा रहेका आइसोलेसनमा ७ हजार ७८९ जना संक्रमित रहेका छन्।

प्रकाशित: Jun 22, 2020| 16:25 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।