काठमाडौं– राष्ट्रिय सभा सदस्य जीतेन्द्रनारायण देवले सत्तारुढ दल नेकपा नेपाली कांग्रेस र मधेशवादीजस्ता जिम्मेवार दललाई हेपेर अगाडि बढ्न खोजेको ओरोप लगाएका छन्।
आजको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले ठूला दललाई हेपेर नेकपा एक्लै अगाडि बढ्न खोजे राजनीतिक दुर्घटना हुने चेतावनी दिएका हुन्।
नागरिकता सम्बन्धी विद्यमान कानुन सहमतिको धारा भएको भन्दै उनले विगतमा भएका सहमति तोडेर अगाडि नबढ्न नेकपालाई सचेतसमेत गराएका छन्।
नेकपा गलत बाटोमा जान लागेको भन्दै मुलुकमा द्वन्द्व निम्त्याउने र सामन्तवादीलाई मलजल नगर्न आग्रह पनि गरेका छन्।
उनले भने, “बिहार र यूपीसँगको सम्बन्ध तोडेर राष्ट्रियता बलियो हुन्छ भन्नु गलत मानसिकता हो, यो मण्डले राष्ट्रवादी मानसिकता हो।”
नेकपाले नागरिकताको विषयमा गरेको निर्णय सच्याउन पनि उनले आग्रह गरेका छन्।
“नेकपा सरकारले मुलुकलाई चीनतिर ढल्काउँदै छ,” देवले भने, “नेपाल भारत र चीनको समदूरीमा हुनुपर्छ।”