मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्यटन बोर्डको भिडियो कन्फ्रेन्समा पोर्न भिडियो बजेपछि

पर्यटन बोर्डको भिडियो कन्फ्रेन्समा पोर्न भिडियो बजेपछि

नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘भिडियो कन्फ्रेन्स’ मा अनधिकृत रुपमा पोर्न भिडियो बजेको छ।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

काठमाडौं- नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘भिडियो कन्फ्रेन्स’ मा अनधिकृत रुपमा पोर्न भिडियो बजेको छ।

सोमबार पर्यटन बोर्डले ‘जुम’ एप मार्फत् आयोजना गरेको भिडियो कन्फ्रेन्समा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई बोल्दै गर्दा पोर्न एउटा ‘आईडी’ बाट पोर्न भिडियो बजेको थियो।

अनधिकृत रुपमा एक ह्याकर जुम कन्फ्रेन्समा छिरेर पोर्न सामग्री बजाएपछि भिडियो कन्फ्रेन्स बन्द गरिएको थियो।

कोरोना भाइरसको महामारीपछि पर्यटन क्षेत्रमा परेको असर, पर्यटन क्षेत्रका मजदुरहरुले भोगीरहेका समस्या लगायतका विषयमा भिडियो कन्फ्रेन्समा छलफल भइरहेको थियो।

सरोकारवाला निकायका व्यक्तिहरुले बोलेपछि मन्त्री भट्टराई बोल्दै गर्दा ह्याकर प्रवेश गरेर पार्ने सामग्री बजाएको थियो।

कोरोना भाइरसको महामारीका कारण देश लकडाउन भएपछि भिडियो कन्फ्रेन्सका लागि जुम एपको प्रयोग अत्यधिक बढेको छ।

धेरैजना व्यक्ति सहभागी भएर बैठक गर्न मिल्ने भएपछि भर्चुअल बैठकको परम्परा नै सुरु भएको छ।

प्रकाशित: Jun 22, 2020| 15:25 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।