मंगलबार, भदौ ९, २०८३

प्रदेश १ को प्रदेश सभा बैठक कांग्रेसद्वारा अवरुद्ध

प्रतिपक्षी नेपाली  कांग्रेसले सोमबार प्रदेश १ को प्रदेश सभा बैठक अवरुद्ध गरेको छ।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

मोरङ-  प्रतिपक्षी नेपाली  कांग्रेसले सोमबार प्रदेश १ को प्रदेश सभा बैठक अवरुद्ध गरेको छ।

कोरोना भाइरस नियन्त्रणका नामममा भएको खर्च प्रदेश सभामा सार्वजनिक नगरेको विरोधमा कांग्रेसले बैठक अवरुद्ध गरेको हो।

त्यस्तै संघीय सरकारले काठमाडौं बाहिरका बासिन्दालाई काठमाडौं प्रवेशका लागि अनुमतिको अनिवार्य व्यवस्थगा गरेकोमा पनि प्रदेश १ कांग्रेसको विरोध छ।

सभामुख प्रदीपकुमार भण्डारीले बैठक सुरु गर्ने बित्तिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुखले दिएको समयमा बोल्दै कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले गरेको खर्च पटकपटक प्रदेश सभामा सार्वजनिक गर्न माग गर्दा मुख्यमन्त्री शेरधन राईले नसुनेको,  सार्वजनिक यातायातका व्यवसायी र मजदुरको पीडाबारे सरकार मौन रहेको र चालु अधिवेशनमा प्रदेशको नामकरण गर्ने विषयमा अहिलेसम्म ठूला दलका नेताले धारणा सार्वजनिक नगरेको जस्ता कुरा उठाएका थिए।

बाहिरी जिल्लाबाट काठमाडौं जानका लागि अनुमति लिएर मात्र पाउने लगायतका कुराले सर्वसधारणमाथि विभेद भएको उनको भनाई छ।

यी लगायतका जनताका समस्याको विषयमा प्रदेश सरकारले नबोलेसम्म प्रदेश सभामा अवरोध गरिरहने कार्कीले बताए।

प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण बैठक मंगलबार १ बजेसम्मका लागि स्थगित भएको छ।

प्रकाशित: Jun 22, 2020| 13:30 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।