मंगलबार, भदौ ९, २०८३

‘लकडाउन’ मा रोकिएका ९ पाकिस्तानी स्वदेश फिर्ता

लकडाउन सुरु हुन अघि मोरंग आएका ९ पाकिस्तानी सोमबार स्वदेश फर्केका छन्।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

विराटनगर– लकडाउन सुरु हुन अघि मोरंग आएका ९ पाकिस्तानी सोमबार स्वदेश फर्केका छन्।

तीन महिनादेखि उनीहरुलाई मोरङको सुनवर्षी नगरपालिका–९ स्थित मस्जिदमा राखिएको थियो। आवश्यक सबै प्रक्रिया पूरा भएर आफ्नो मुलुक फर्कने वातावरण बनेपछि उनीहरुले मोरङ छाडेका हुन्।

पाकिस्तानी नागरिकहरु जेहाद, साहिद स्लाम, खान, अली, ज्यादा, उल्लाहा, खान, इम्त्याज र जामिन इस्लाम धर्म प्रचारका लागि चैत १० गते आएका थिए ।
 चैत ११ गते ‘लकडाउन’ सुरु भएपछि ६० वर्षमाथिका उनीहरुलाई मोरङ प्रशासनको निर्देशनमा मस्जिदमै क्वारेन्टिनमा राखिएको थियो। ‘लकडाउन’सँगै पाकिस्तानी नागरिकलाई बाहिर हिँडडुल, भेटघाट, धर्मको प्रचार गर्न र आफ्नो मुलुक फर्कन रोक लगाइएको थियो।

कोरोना परीक्षण गर्दा सबै जनाको रिपोर्ट नेगेटिभ आएको मोरङ प्रशासनले जनाएको छ। स्थानीय मुस्लिम अगुवाका अनुसार उनीहरु मुस्लिम समुदायलाई शिक्षादीक्षा दिन र जनचेतना फैलाउन आएका थिए।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले पाकिस्तानी दूतावासको पहलमा मोरङमा रोकिएका सबै पाकिस्तानी नागरिकलाई आफ्नो मुलुक फर्कने वातावरण बनाइएको बताए।

मोरङबाट काठमाडौं पुगेपछि उनीहरुलाई जहाजमार्फत पाकिस्तान पठाउने तयारी भइरहेको जानकारी भुजेलले दिए ।

प्रकाशित: Jun 22, 2020| 12:50 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।