मंगलबार, भदौ ९, २०८३

देशभर वर्षा र बाढी : तीन जनाको मृत्यु, एक बेपत्ता

देशका विभिन्न ठाउँमा बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। 
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

देशका विभिन्न ठाउँमा बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन्। दाङ र कपिलवस्तुमा तीन जनाको मृत्यु भएको छ। अर्घाखाँचीमा एक बालक वेपत्ता छन्।

प्रहरीका अनुसार दाङमा राप्ती नदीले बगाउँदा गढवा गाउँपालिका–२ का ३५ वर्षीय दिनदयाल चौधरीको मृत्यु भएको छ। खेत रोपेर घर फर्किने क्रममा चौधरीलाई आइतबार बेलुका राप्ती नदीको बाढीले बगाएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

यस्तै कपिलवस्तुमा पानीमा डुवेर थप दुई बालबालिकाको मृत्यु भएको छ। शुद्धोधन गाउँपालिका–२ बर्गदवामा सात वर्षीया माया चौधरीको माछा पोखरीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै कपिलवस्तु नगरपालिका–३ का जयकरण देवकोटाको पाँच वर्षीय छोराको घर नजिकै खेतको खाल्डोमा डुबेर मृत्यु भएको छ।

अर्घाखाँचीमा खोला तर्ने क्रममा खोलाले बगाउदा बेपत्ता भएका पाणिनी–४ का सन्तबहादुर नेपालीको १३ वर्षीय छोरा पुजन नेपाली अझै बेपत्ता छन्।

प्रहरीका अनुसार तीन दिन पहिले पटौटीको खहरे जुकेखोलाले बगाएर बालक बेपत्ता भएका हुन्।

बेपत्ता पुजनको तिन दिन देखी स्थानीय र प्रहरीले खोजिकार्य जारी राखेको खिदिमका प्रहरी प्रमुख कमल रानाले जानकारी दिए।

हिजोदेखिको वर्षाका कारण थुप्रै नदीहरुमा जल सतह बढेको छ। त्यसैगरी विभिन्न राजमार्ग अवरुद्ध भएका छन्।

प्रकाशित: Jun 22, 2020| 12:04 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।