मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली प्रदेश अस्पतालका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

कर्णाली प्रदेश अस्पतालका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

कर्णाली प्रदेश अस्पताल सुर्खेतका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

कर्णाली प्रदेश अस्पताल सुर्खेतका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार संक्रमित पाँच जना प्राविधिकतर्फका स्वास्थ्यकर्मी हुन्। संक्रमितमध्ये एक जना भिडियो एक्सरेमा कार्यरत र चार जना ल्यावमा कार्यरत स्वास्थ्यकर्मीहरु हुन् ।

गत जेठ ३१ गतेदेखि असार ३ गतेसम्म अस्पतालको आकस्मिक कक्षमा उपचार गराउन आएका विरामीबाट स्वास्थ्यकर्मीलाई कोरोना सरेको मन्त्रालयको भनाइ छ।

जेठ ३१ र ३२ गते दैलेखका दुई र सुर्खेतका एक जना विरामी अस्पतालको आकस्मिक कक्षमा उपचार गराउन आएका विरामीमा कोरोना संक्रमण देखिएको छ ।

आकस्मिक कक्षमा उपचार गराइरहेका विरामीमा कोरोना देखिएपछि अस्पतालले संक्रमितको उपचारमा संलग्न ४२ जना स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखेको थियो ।

कार्यालय सहयोगीसहित ४२ जनाको पीसीआर परीक्षण गर्दा पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो।

प्रकाशित: Jun 22, 2020| 11:44 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।