मंगलबार, भदौ ९, २०८३

सुनको भाउमा दिनदिनै रेकर्ड, ताेलाकाे ९१ हजार

दुई महिनाभन्दा बढी कारोबार बन्द भएर गएको जेठ २५ गतेदेखि बजार खुलेको सुनको मूल्यमा दिनदिनैजसो रेकर्ड बनिरहेको छ।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

दुई महिनाभन्दा बढी कारोबार बन्द भएर गएको जेठ २५ गतेदेखि बजार खुलेको सुनको मूल्यमा दिनदिनैजसो रेकर्ड बनिरहेको छ।

हिजो आइतबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि बढेको छ। छापावाल सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ बढेर ९१ हजार पुगेको छ।

त्यसैगरी तेजाबी सुनको मूल्य ९० हजार ५६४ रुपैयाँ प्रतितोला तोकिएको छ भने चाँदीको ९५० रुपैयाँ।

लकडाउनका कारण साढे दुई महिनापछि जेठ २५ गते नयाँ मूल्य तोकिँदा तोलामा १० हजार ४०० रुपैयाँ बढेको थियो।

लकडाउन हुनु अघिल्लो दिन चैत १० गते सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: Jun 22, 2020| 11:13 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्