मंगलबार, भदौ ९, २०८३

चितवन र नवलपरासीमा थप २१ जनामा कोरोना पुष्टि

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासीका १६ चितवनका ५ जनामा संक्रमण पुष्टि भएको हो ।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

भरतपुर- चितवन र नवलपरासीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासीका १६ चितवनका ५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये नवलपारसी पूव बुलिङटार गाउँपालिकाका १४ र गैंडाकोट नगरपालिकाका २ जना रहेको भरतपुर अस्पतालले जनाएको छ ।

संक्रमण पुष्टि भएकाहरुमा गैंडाकोट नगरपालिका-१७ का २८ र ३५ वर्षीय दुई जना पुरुष रहेका छन्। त्यस्तै बुलिङटार गाउँपालिका वडा नं ३, ४, ५ र ६ का ४५, १८, ४०, २०, २६, ३२, २९, २०, २१, २०, २१, २१, २४, २४ का १४ जना पुरुष रहेका छन्।

यसै चितवनका पाँच संक्रमितमध्ये माडीका चार पुरुष र भरतपुर महानगरका एक जना पुरुष रहेका छन्।

 

प्रकाशित: Jun 22, 2020| 10:32 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।