मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुई ठाउँमा पहिरो खसेपछि कुलेखानी काठमाडौँ सडकखण्ड ठप्प

दुई ठाउँमा पहिरो खसेपछि कुलेखानी काठमाडौँ सडकखण्ड ठप्प

भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज (सोमबार) बिहान पहिरो गएसँगै सडक अवरुद्ध भएको हो ।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

काठमाडौं- दुई ठाउँमा पहिरो खसेपछि हेटौँडा कुलेखानी काठमाडौँ सडकखण्ड अवरुद्ध भएको छ ।

भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज (सोमबार) बिहान पहिरो गएसँगै सडक अवरुद्ध भएको हो ।

अहिले दुबै ठाउँमा सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम शुरु गरिसकिएको र सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः शुरु हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

सडक फराकिलो बनाउन कुलेखानीदेखि भीमफेदीसम्मका विभिन्न स्थानमा पहाड फोड्ने र रुख काट्ने क्रम तिब्र बनाएसँगै यो सडक जोखिमपूर्ण बन्दै गएको छ ।

प्रकाशित: Jun 22, 2020| 10:06 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।